shss
प्रदेश सरकार
स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय
स्वास्थ्य कार्यालय इलाम
कोशी प्रदेश, नेपाल
Nepal's Flag
कार्यालयको परिचय ।

रोग नियन्त्रण कार्यक्रम


किटजन्य रोग नियन्त्रण कार्यक्रम:

किटजन्य रोगबाट हुने मृत्यु दर तथा विरामीलाई कम गर्न विभिन्न स्वास्थ्य संस्था मार्फत शंकास्पद रोगीहरुको परीक्षण गरी तत्काल उपचार गर्ने गरिन्छ ।किटजन्य रोग नियन्त्रण कार्यक्रमअन्तर्गत औलो, कालाजार, हात्तीपाइले, डेंगी, जापानिज इनसेफलाइटिस, स्क्राब टाईफस जस्ता रोगहरु छन्। किटजन्य रोग नियन्त्रणका लागि किटहरुको नियन्त्रण प्रमुख उपाय रहेकोले किटहरुको लार्भा खोजेर नस्ट गर्ने, घर वरपर पानी जम्न नदिने, बिषादी छिड्कने, झुलको प्रयोग गर्न उत्प्रेरित गर्ने जस्ता कार्यहरु गरिन्छ।

क्षयरोग नियन्त्रण कार्यक्रम:

सम्भावित क्षयरोगका बिरामीलाई समयमै पहिचान र उपचार गरि क्षयरोगका कारण हुने मृत्यू रोक्न तथा समुदायमा संक्रमण घटाउन नेपाल सरकारले सन् १९९३ देखि राष्ट्रिय क्षयरोग कार्यक्रम लागू गरेको हो ।हाल विश्व स्वास्थ्य संगठनले अंगिकार गरेको रणनिति“THE END TB Strategy ” अवलम्वन गरी सन् २०३५ सम्म क्षयरोगको अन्त्य गर्ने राष्ट्रिय लक्ष्य रहेको छ । क्षयरोगको नि: शुल्क परीक्षण र उपचार सबै स्वास्थ्य संस्थामा उपलब्ध छ।

कुष्ठरोग नियन्त्रण कार्यक्रम:

नेपालमा कुष्ठरोग निवारणका कार्यक्रमहरू विगत सन १९६० देखि सञ्चालन भै रहेका छन्।विध्यमान जनस्वास्थ्य समस्याको रूपमा रहेका क्षेत्र जिल्ला तथा पालिका  हरूलाई  कुष्ठरोग निवारणको अवस्थामा पुर्याउने अर्थात  कुष्ठरोगलाइ प्रति १०,००० जनसंख्यामा  १ जना भन्दा कमको अवस्थामा राख्ने,कुष्ठरोगको कारणबाट हुने असमर्थतालाइ न्यूनिकरण गर्दै लैजाने,कुष्ठरोग प्रति रहेको सामाजिक नकारात्मक अवधारणाहरूमा परिवर्तन ल्याउने र कुष्ठरोगबाट हुने भेदभावहरूलाइ हटाउँदै जाने यस कार्यक्रमको उदेश्य हो।कुष्ठरोगको नि: शुल्क परीक्षण र उपचार सबै स्वास्थ्य संस्थामा उपलब्ध छ।

एच.आई.भी/एड्स तथा यौन रोग नियन्त्रण कार्यक्रम:

एच.आई.भी/एड्स तथा यौन रोग रोकथाम, उपचार, हेरचाह र सहयोगमा सर्वव्यापी पहुँच पुर्याउने यस कार्यक्रमको उदेश्य रहेको छ।एच.आई.भी को परिक्षण र उपचार नि:शुल्क उपलब्ध छ ।

नसर्ने रोगहरु रोकथाम तथा नियन्त्रण कार्यक्रम:

यस कार्यक्रमको लक्ष्य नसर्ने रोगको उपचार, प्रकोप नियन्त्रण,रोकथाम,हुन सक्ने शारीरिक अशक्तता तथा अकालमा हुने मृत्यू कम गर्नु हो । यस कार्यक्रम अन्तर्गत समुदायमा लुकेर रहेका बिरामीहरुको समयमा नै निदानका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले खोजपड्ताल गरी सहि उपचार तथा स्वास्थ्य जीवनशैली प्रबर्धन गर्ने कार्यहरु रहेका छन्।