स्वास्थ्य कार्यालय इलामको स्थापना वि. सं. २०४४ सालमा भएको थियो । यस कार्यालय इलाम नगरपालिका वडा नं. ७ मा अवस्थित रहेको छ । संघीय व्यवस्था लागू भएपश्चात प्रदेश सरकारको प्रचलित कानुन अनुसार प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मातहतको कार्यालयको रुपमा रही प्रदेश र स्थानीय तहसँग स्वास्थ्य सेवा सम्बन्धि समन्वय, सहजीकरण र सहयोग गर्ने मुख्य जिम्मेवारी स्वास्थ्य कार्यालयको रहेको छ । स्वास्थ्य कार्यालय इलाम प्रदेश सरकार अन्तर्गतको इलाम जिल्लामा स्वास्थ्यको प्रमुख प्राविधिक इकाइ हो। यस कार्यालयले इलाम जिल्लाभर प्रतिकारात्मक र प्रबर्धानात्मक स्वास्थ्य सेवा प्रदान गर्न सहजीकरण गर्नुका साथै जिल्लास्थित विभिन्न स्वास्थ्य संस्था मार्फत गुणस्तरीय आधारभूत स्वास्थ्य सेवाको प्रवाह गर्न स्थानीय तहहरुलाई सहयोग गर्दछ। थप हेर्नुहोस …